किन खाने मरिच यस्ता छन फाइदा-दम रुघाखोकी लागेमा टाउको दुखेको निको पार्छ ।

मरिच एक औषधीय गुण भएको मसला हो। यसलाई दुध, चिया, रोटी, तरकारी आदिमा मसलाको रुपमा पनि प्रयोग गरिन्छ।मरिच सुगन्धित, उत्तेजक र स्फूर्तिदायक खाद्य वस्तु हो। ।

मरिचका फाइदा

टाउको दुखेमा : गाईको घिउ पाँच चम्चा तताउनुहोस् र सात गेडा मरिच डडाउनु र छानेर राख्नु । टाउको दुखेको बेलामा घ्यू कंचटमा दल्नु टाउको दुखेको समस्यामा प्रभावकारी हुन्छ।

आधा टाउको दुखेमा : मरिचलाई पानीमा पिनेर लेप बनाउने र दाहिने पट्टिको टाउको दुखेको भए देब्रेपट्टिको कंचटमा लेप लगाउने र देब्रे पट्टीको टाउको दुखेको भए दाहिनेपट्टिको कंचटमा लेप लगाउने गरेमा ठीक हुन्छ ।

रुघाखोकी लागेमा :१०–१५ दाना फुराएको मरिच पिनेर फिटेर दैनिक सेवन गर्ने गरेमा बिग्रेको रुघाखोकी १ हप्तामै ठीक हुन्छ ।

कफ र खोकी लागेमा : १ दाना फुराएको मरिच मसिनो गरी पिनेर १ चम्चा सख्खरमा मुछेर सानो–सानो गोली बनाउनुहोस् र दिनको तीन–चार वटा गोली चुस्ने गर्नुहोस्, यस्तो प्रक्रियाले कफ निकालेर खोकी ठीक गराउँछ ।

धेरै बाडुल्की लागेमा : अत्याधिक बाडुल्की वा हिक्क आउने समस्या भएमा मरिचलाई डढाएर त्यसको धूँवा सुँघेमा एकै छिनमा ठिक हुन्छ ।

कफ जमेर गाह्रो भएमा :फुराएको मरिचको धूलो १ चिम्टी १ चम्चा महमा फिटेर दिनको ३–४ पटक चाट्ने गरेमा केही दिनमै ठीक हुन्छ ।

जाडोले कामज्वरो आएमा : एक डाडु घ्यूमा एक चम्चा मरिचको धूलो डढाएर, र खाने कपुरका २–४ पुरिया हालेर शरीर भरी मालिस गरेमा शरीर तातेर आउँछ र ठीक हुन्छ ।

आँखामा रतन्धो भएमा : दहीमा फुराएको मरिच पिनेर सुत्ने बेलामा आँखामा लगाउने गरेमा एक–दुई हप्तामा ठीक हुन्छ ।

घाँटी सुन्निएको वा टन्सिल बढेको अवस्थामा : पानीमा मरिच पिनेर लेप बनाएर घाँटीमा लगाउने गरेमा घाँटी सुन्निएको, टन्सिल बढेको आदि रोग निको हुँदै जान्छ।

दम खोकी लागेमा : आधा चम्चा दालचिनीको धूलो, एक चिम्टी मरिचको धूलो, आधा चम्चा जेठीमधुको धुलो, चारवटा कण्ठकारीको फल, दुई चम्चा मिश्री एक माना पानीमा पकाउने र एक चौथाई भएपछि छानेर शिशीमा राख्ने र दिनको तीन पटक विहान दिउँसो बेलुका खाने गरेमा ठीक हुन्छ । अथवा १ चम्चा मनतातो भाङको रसमा १ चिम्टी मरिच र मिश्री फिटेर खाने गरेमा दमको रोग कम हुदै जान्छ ।

दाँत कीराले खाएमा : दाँतको प्वालमा कपुर हाल्नाले दाँत दुख्न बन्द हुन्छ र कीरा पनि ठीक हुन्छ । अथवा मरिचको धूलो, खयर, कपुर बराबर पिधेर दाँत माज्ने गरेमा गिजापाक्ने, दाँत हल्लिने, कीराले खाएको लगायतका रोगहरु ठीक हुँदै जान्छ।


Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *