काभ्रेका डन निमा लामाको निधन ।

काभ्रेका निमा लामाको निधन भएको छ । काभ्रेको भीरपोखरी गाउँपालिका २ करमडाँडा घर भएका लामाको को’रोना संक्रमणबाट काभ्रेमा निधन भएको हो । राष्ट्रिय युवा संघका केन्द्रीय सदस्य समेत रहेका लामा व्यापारीहरुलाई धम्की दिएर रकम असुलेको अभियोगमा पटकपटक पक्राउ पर्दै छुटेका थिए ।

लामा बानेश्वर कोटेश्वर र काँडाघारी एरियामा समुह बनाइ ब्यापारीलाई धम्कि दिने र पैसा अशुल्ने गर्थे । उनी ०६२ सालमा ज्यान मार्ने उद्योगमा जेल परेका थिए ।

त्यस्तै राष्ट्रिय युवा संघका केन्द्रीय सदस्य मिलन सापकोटाको कोरोनाका कराण निधन भएको छ । सपाकोटा करिब दुइ साता भन्दा बढी समयदेखि नेपाल भारत मैत्री अस्पतालमा उपचाररत थिए सापकोटाको निधन भएको फिल्म निर्देशक जनकदीप पराजुलीले सामाजिक संजाल मार्फत सार्वजनिक गरेका छन् ।

मेरो चलचित्र प्रोड्युसरकी अभिनेत्री श्वेता भट्टराईको श्रीमान् मिलन सापकोटाको कोभिडको कारणले निधन भएको खबर सुनेर स्तब्ध भएको छु । अझै पनि यो खबर सत्य होइन जस्तो लागि रहेछ । तर सत्यको अगाडि कसैको केही लाग्दैन पराजुलीले अगाडि लेखेका छन् ‘श्वेता​लाई भगवानले धैर्य धारण गर्न सक्ने शक्ति प्रदान गरून् ।निर्देशक पराजुलीले मृत्यु भएका सापकोटाप्रति श्रद्धाञ्जली ब्यक्त गर्दै परिवारजनमा हा’र्दिक स’मवेदना समेत प्रकट गरेका छन् ।

सापकोटासँग अभिनेत्री श्वेताले ७ वर्ष अगाडि प्रेम विवाह गरेकी थिइन् । उनीहरुको एक सन्तान पनि छ ।अभिनेत्री श्वेताले ‘रिदम ब्ल्याकमेल, प्रोड्यूसरलगायत करिव आधादर्जन बढी चलचित्र अभिनय गरेकी छन् । विवाहपछि भने उनी अभिनयबाट टाढा भएकी थिइन् ।