कोरोना कम्रेड:दुर्गा गिरी ।

नियुक्ति, पुन:नियुक्ति मै, ताली ठोकिएछ कम्रेड

पद र सपथ फेरी पनि ,  आफै धोकिएछ कम्रेड

अस्पताल खोलौँ भन्ने, एउटा पागल डाक्टर छ

हुन्छ भन्दै अनसन तोड्दै,  त्यसै रोकिएछ कम्रेड

मसँग जे छ सबै दिन्छु, अक्सिजन देउ भन्दा पनि

केही नगर्ने भोट माग्ने कस्ता,  नेता बोकिएछ कम्रेड

उता एक गरिबको,  अक्सिजन नपाइ मृत्यु भयो

वेड, खोप सबै छ भन्दै , भाषण खोकिएछ कम्रेड

पर्दैन बरु,  मेरो तलब बढ्न,  बाँचे पुग्छ मलाई

अस्पतालमा भत्ता बढोस,  जति तोकिएछ कम्रेड

(२०७८ जेठ २ ,भक्तपुर)