ग्यास्ट्रिक कसरी कम गर्ने घरेलु पाँच उपाए । मेरो न्युज प्रेस

नेपालका अधिकांश मानिस ग्यास्ट्रिक बाट ग्रसित छन्। बिभिन्न रोग र खानपिन नमिल्नाले नेपालमा ग्यास्ट्रकका रोगिहरु प्रत्येक वर्ष बढिरहेका छन्।

के तपाइ पनि ग्यास्ट्रिक बाट ग्रसित हुनुहुन्छ त?  यदि तेस्तो समस्या छ भने तुरुन्त यि ५ घरेलु उपचार अपनाउनुहोस्। तपाई एक हप्तामा ग्यास्ट्रिकको समस्याबाट मुक्त हुनुहुनेछ?

के हो ग्यास्ट्रिक?

ग्यास्ट्रिक पेटको भित्री भागमा हुने जलन वा दुखाई हो। यो अचानक हुनसक्छ र एक देखि तिन दिन सम्म रहन सक्छ। कहिले काही ग्यास्ट्रिक एक हप्ता सम्म लम्बिन सक्छ र एकदम दुखाईपुर्ण हुन्छ। नेपालका अधिकांश मानिस ग्यास्ट्रिक बाट ग्रसित छन्। बिभिन्न रोग र खानपिन नमिल्नाले नेपालमा ग्यास्ट्रकका रोगिहरु प्रत्येक वर्ष बढिरहेका छन्।

के तपाइ पनि ग्यास्ट्रिक बाट ग्रसित हुनुहुन्छ त? अनेक औषधीहरु प्रयोग गरेर पनि ग्यास्ट्रिक को पिडा बाट छुटकारा पाउन सक्नु भएको छैन? यदि तेस्तो समस्या छ भने तुरुन्त यि ५ घरेलु उपचार अपनाउनुहोस्। तपाई एक हप्तामा ग्यास्ट्रिकको समस्याबाट मुक्त हुनुहुनेछ?

अदुवाः

अदुवा ग्यास्ट्रिकको निवारण लागि एकदम उत्तम हुन्छ। विभिन्न गुण हुने अदुवामा ब्याक्टेरिया बिरोधि र पोल्न नदिने तत्व हुन्छ। यसले पेटको भित्री भागमा हुने जलनलाई कम गर्छ। थोरै अदुवालाई पानीमा उमाल्नुहोस र बिरिनुन मिसाएर पिउनिहोस। तपाईको दुखाईलाई तुरुन्त कम गर्नेछ।

नरिवल पानीः

नरिवल पानी पिउनाले ग्यास्ट्रिकको पिडालाई कम गर्छ। नरिवल पानीमा फाइवरको मात्रा बढि हुन्छ, जस्ले पाचन प्रकृयालाई मध्दत गर्छ र पेटमा एसिडिटि हुन दिदैन। नरिवल पानीले पेटको भित्री भागलाई चिसो पार्दछ र पेटको पोलाईलाई कम गर्दछ।

चिसो पानी र दुई चम्चा चिनिः

एक गिलास बरफ चिसो पानीमा दुई चम्चा चिनि मिसाएर राम्रो संग घोल्नुहोस र पिउनुहोस। यदि जरुरि परेमा दोहोर्याउनुहोस। यो ग्यास्ट्रिकको दुखाई कम गर्ने उत्तम उपाय हो। एक गिलास बरफ चिसो पानीले शरिरको तरलतालाई सन्तुलित राख्ने काम गर्दछ। त्यसैले एक गिलास चिसो पानी पिएर हल्का हिड्दा ग्यास्ट्रिक कम हुन्छ।

मेवाः

मेवा पनि ग्यास्ट्रिकको लागि अमृत सरह काम गर्छ। पेटको पोलाई मेटाउन काचो मेवा खानु उत्तम हुन्छ। काचो मेवामा २-३ थोपा कागतिको रस मिसाएमा अझ राम्रो संग ग्यास्ट्रिकको निवारण हुन्छ।

बन्दाको जुस:

बन्दामा भिटामिन U हुन्छ जसले अल्सर लाई निको पार्दछ। भिटामिन U ले पेटको भित्रि भागमा हुने जलनलाई हटाउछ र केहि दिनमै ग्यास्ट्रिकबाट छुटकारा दिलाउछ। तपाईले बन्दालाई सानो टुक्रा पारेर मिक्सरमा जुस बनाउनुहोस र पिउनुहोस। २-४ दिनमै तपाई पेटको समस्याबाट मुक्त हुनुहुनेछ।


Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *