ग्यास्ट्रिकले सतायो यस्ता छन छुटकारा पाउने सजिलो उपाए ।

ग्यास्ट्रिकले सतायो यस्ता छन छुटकारा पाउने सजिलो उपाएहरु ।

काठमाडौँ । धेरै जसो नेपालीको पेवा बनिसकेको ग्यास्ट्रिकले धेरै लाई सताउने गर्दछ। पेट दुख्ने, पोल्ने, अम्लपित्त बढ्ने आदि लक्षणयुक्त समस्या नै ग्यास्ट्राइटिस हो।

छाती र पेटको बीचको भाग वरिपरि दुख्नु, पेट फुल्नु, अम्लपित बढ्नु, भोक हराउनु, मुख बिग्रिनु, ढ्याउ,ढ्याउ आउनु, खाना नपच्ने, पेट भारी हुनु, आपन वायु बढ्नु, रिंगटा लाग्नु, टाउको दुख्नु, पेट पोल्नु,वाकवाकी लाग्ने, वान्ता हुने, कालो दिसा आउने, वान्तामा रगत देखिने, पेट हुडेल्ने, तौल कम हुने ग्यास्ट्रिकका लक्षण हुन् ।

अनियमित जीवनशैली जस्तै खाना निश्चित समयमा नखाने, भोक लागेको बेलामा नखाने, भोकभन्दा ज्यादा खाने, पचाउन गाह्रो हुने खाना खाएपछि तत्कालै सुत्ने र शारीरिक श्रम गरेलगत्तै खाने मानिसहरुमा यो रोग ज्यादा देखिएको छ।

लामो समयसम्म जाँड रक्सी, चिया, कफी,कार्वोनिक पेय कोक, पेप्सी आदि खानेहरूमा पनि यो रोग ज्यादा देखिएको छ। ग्यास्ट्राइटिस आत्मघाती प्रतिरक्षा प्रणालीको कारणले पनि यो रोग हुने गर्छ।

यसैगरी पेटको अपरेसन कलेजो, मिर्गौला, फियो तथा आन्द्राका रोग, एचआइभीरएड्स र विशेष मानसिक रोगावस्थामा पनि देखा पर्छ।

व्यस्तता र पिडामा बाच्नेहरु , मानसिक तनावको ले भरिएको जिवन शैली हुनेहरु , मनोरञ्जन नगर्ने, भय, शोक, चिन्ता, उदासिनता र अनिद्राका रोगी, शारीरिक श्रम वा व्यायाम नगर्नेहरू पनि यो रोगका सिकार हुन्छन्।

जटिलताहरूः
ग्यास्टिकको समायामानै उपचार हुन नसके अल्सर तथा क्यान्सर हुन सक्छ । अल्सर हुँदा बारम्बार रक्तस्रावले गर्दा रक्तअल्पताका समस्या देखा पर्छ।

यस्तै परनिसियस रक्तअल्पता, स्नायु तथा नाडीहरूको क्षय, अन्ननली सुन्निनु, दम बड्ने, मुखमा घाउखटिरा आइरहने, आन्द्रामा घाउ हुने, खानाको पाचन र अवशोषण सुचारु नहुने र मल निष्कासनमा जटिलता आई कब्जियतका लक्षण देखा पर्न सक्छन।

 

मनपरे सेयर गर्नुहोस….


Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *