नरिवल पानी पिउँदा हुने फाइदाहरु जान्नुहोस ।नरिवल पानी एक प्रतिरक्षा प्रणालीलाई सुधार गर्ने पेय पदार्थ मानिएको अध्ययनहरुले देखाएको छ। नरिवल पानीले रोग प्रतिरोधात्मक क्षमता बढाउने तथा अन्य धेरै रोगहरूका लागि पनि यो फाइदाजनक रहेको छ ।
नरिवल पानीका फाइदाहरु :-
१.मुटु रोगको जोखिम कम गर्ने : नरिवलको पानीमा यस्ता गुणहरू पाइन्छन्, जसले शरीरमा भएका नराम्रा कोलेस्ट्रोललाई कम गरेर राम्रो कोलेस्ट्रोलको स्तर बढाउन मद्दत गर्दछ । यसको नियमित सेवनले पक्षघात हुने जोखिम पनि कम गर्छ।
२. उच्च रक्तचापका लागि फाइदाजनक : नरिवल पानीमा प्रचुर मात्रामा भिटामिन सी, पोटाशियम र म्याग्नीशियम लगायतका अन्य महत्वपूर्ण खनिज तत्वहरु पाइन्छ। जसका कारण उच्च रक्तचाप नियन्त्रणको लागि नरिवल पानी लाभदायक मानिन्छ। त्यसैगरी, थुप्रै अध्ययनहरूले पनि नरिवल पानीले उच्च रक्तचाप नियन्त्रण गर्न मद्दत गर्ने पुष्टि गरेको छ।
३. कलेजोको लागि लाभदायक : नरिवल पानी कलेजोको लागि निकै लाभकारी मानिन्छ। यसमा एन्टिअक्सिडेन्ट गुणहरू हुन्छन्, जसले कलेजोबाट धेरै प्रकारका विषाक्त पदार्थ बाहिर निकाल्न र कलेजोलाई स्वच्छ र स्वस्थ बनाउँछ।
४. गर्भवती महिलाहरूको लागि लाभदायक : गर्भवती महिलाहरुलाई नरिवल पानी पिउन विशेष सल्लाह दिइन्छ। वास्तवमा, गर्भावस्थामा महिलालाई थुप्रै पोषक तत्वहरूको आवश्यकता हुन्छ। नरिवलको पानी सेवन गर्दा केहि हदसम्म यस्ता आवशयकताको पूर्ति गर्न मद्दत गर्दछ। गर्भावस्थामा नरिवलको पानीले पिउँदा कब्जियत हुने, थकान हुने समस्याबाट राहत प्रदान गर्दछ। यस बाहेक यसले रोग प्रतिरोधात्मक क्षमता पनि सुधार गर्दछ र शरीरमा पानीको अभाव पनि पूरा गर्दछ।
नरिवल पानी कुनै पनि समयमा सेवन गर्न सकिन्छ। यद्यपि, यसलाई बिहान खाली पेटमा सेवन गर्दा अझ प्रभावकारी र फाइदाजनक हुन्छ। यसले बिहानको सुस्तता हटाइ दिनभरीको लागि ऊर्जा प्रदान गर्दछ।
स्रोत-प्रिया पाण्डे डायटिशियन (आहार विशेषज्ञ)
Leave a Reply