डा.पुनम पान्डे लेख्नु हुन्छ। खड्क प्रसाद ओलि तथा माधवकुमार नेपाल !
तपाइँहरुको एकता को एउटा बुदामा यो पनि थपियोस
-आज नेकपा एमाले का तत्कालीन महासचिब क.मदन भन्डारी र संगठन बिभाग प्रमुख क.जिवराज आश्रीतको रहस्यमय हत्या भयको दिन दुबैजना दिबङत कमरेडहरु प्रती भावपुर्ण श्रद्धाञ्जली तथा कम्युनिस्ट आन्दोलन प्रती समबेदना प्रकट गर्दछु।
आज उहाँहरु को रहस्यमय हत्या भयको २८ बर्ष पुगेको छ तर आज नेकपा एमाले नेपाली राजनितिमा एकछत्र राज गरिरहेको छ।
उहाँकै धर्मपत्नी नेपाल को सर्बोच्च पदमा बिराजमान हुनुहुन्छ भने शोभियत संघको विघटन पश्चात् रक्षात्मक बनेको कम्युनिस्ट दिशाहिन र जडताको गोलचक्कर रुम्जाटार जस्तै थियो।बिसर्जन जस्तै बनेको कम्युनिस्ट आन्दोलन लाई जनताको बहुदलीय जनबाद प्रतिबादन गर्ने काम क.मदन भन्डारीले गर्नु भयको थियो भने त्यस्लाइ आफ्नो कुशल संगठनात्मक क्षमता प्रदर्शन गर्दै जनजन मा क.जिवराज आश्रीतले लगेर बलियो एमाले निर्माण गर्नुभयको थियो।
जसलाई क.खड्क प्रसाद ओलि ले आफ्नो मार्गदर्शन सिद्धान्त मान्दै देशको प्रमुख कार्यकारी पद धारण र राज गरिरहनु भयको छ।आज पनि उहाँहरुको रहस्यमय हत्याको सत्य सत्य सहित निरुपण नहुनु कम्युनिस्ट आन्दोलन,नेकपा एमाले,रास्ट्रपती बिध्या भन्डारी र प्रधानमन्त्री खड्क प्रसाद ओलि सबैकोलागि लज्जाको बिषय बनेको छ।
आज फुट को संघार बाट नेकपा एमाले जोगाउन दस दस जनाको कमिटी तपाइँ हरुले बनाउनुभयको छ म दुबैजना कमरेडहरुलाइ अनुरोध गर्दछु सहमतीको प्रथम बुदा जननेता क.मदन भन्डारी तथा क.जिवराज आश्रीत को रहस्यमय हत्या छानबिन गराउने होस् ।
डा.पुनम पान्डे
नेपाल मेडिकल कलेज
जोरपाटी काठमाडौ ।
साभार:डा.पुनम पान्डे
Leave a Reply