नेपाली भान्सामा धेरैले खानाको स्वाद बढाउन र सुगन्ध बढाउन खानामा अदुवा प्रयोग गर्ने गर्छन् । तर, अदुवाले खानामा स्वाद मात्रै होइन मोटोपनको समस्याबाट गुज्रिरहेकाका लागि पनि फाइदाजनक हुन्छ ।
१.मुटु पोल्न कम गर्छ
खाना खाएको २० मिनेट पछि एक कप अदुवापानी पिउनुहोस । यसले शरिरमा एसिडको मात्रा कन्ट्रोल गर्छ र मुटु पोल्ने समस्या कम हुन्छ ।
२.क्यान्सर बाट बचाँउछ
अदुवामा एन्टी क्यान्सर तत्व पाइन्छ । यसको पानी नियमित पिउनाले फोक्सो, प्रोस्टेट, ब्रेस्ट, लगाएतका धेरै थरी क्यान्सरहरुबाट बचाँउछ ।।
३.पाचनप्रणाली सुधार्छ
अदुवा पानीले शरिरमा पाचन गराउने जुसको मात्रा बढाँउछ । यसले खाना छिटो पचाउन सहयोग गर्छ ।
४.मांशपेशीको दुखाई कम गर्छ
अदुवाको पानी पिउनाले शरिरमा रक्त सञ्चारमा सुधार आँउछ । यसले माशंपेशीमा आराम हुन्छ र माशंपेशीको दुखाई कम हुन्छ ।
५.डायबिटिज नियन्त्रण गर्छ
नियमित अदुवापानी पिउनाले शरिरको रगतमा सुगर लेभल नियन्त्रण हुन्छ । यसले डायबिटिज नियन्त्रण गर्छ ।
६.तौल घटाउँछ
अदुवाको पानी पिउनाले शरिरमा मेटाबोलिजम सुधार हुन्छ । यस्तोमा बोसो छिटो पग्लन्छ र तौल घटाउन सजिलो हुन्छ ।
७.टाउको दुख्न कम गर्छ ।
अदुवाको पानी नियमित पिउनाले मस्तिष्कको कोषहरुमा आराम हुन्छ र टाउको दुख्नकम हुन्छ ।
Leave a Reply