नेपालमा कति लाख पर्छ हुन्डाई क्रेटा कार । हुन्डाईले अहिले नयाँ वर्ष २०७८ को अवसर पारेर स्कीम सार्वजनिक गरेको छ । यो स्कीममा ग्राहकले पाउने छुट रकमलाई मिलाएर यो मासिक किस्ता निकालिएको हो ।हुन्डाईको आधिकारीक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले इ भेरियन्टको डिजेल क्रेटाको मूल्य ४४ लाख ९६ हजार रुपैयाँ निर्धारण गरेको छ ।
अहिले चलिरहेको अफर अनुसार क्रेटाको खरिदमा ग्राहकले १ लाख ३० हजार नगद छुट र स्क्र्याच कार्ड मार्फत न्यूनतम २० हजारदेखि ७८ हजार रुपैयाँसम्म जित्न सक्ने छन् । यसमा रहेको न्यूनतम २० हजार थप नगद छुट पाउँदा कुल १ लाख ५० हजार रुपैयाँ छुट हुने छ ।
अहिले बजारमा अटो लोन निकै कम व्याजदरमा उपलब्ध रहेको छ । अधिकांश ठूला बैंकले ७ प्रतिशत हाराहारीमा कर्जा दिइरहेका छन् । हामीले यहाँ नविल बैंकले अफर गरेको ६.९९ प्रतिशत व्याजदरलाई आधार मानेर मासिक किस्ता निकालेका छौं ।
बैंकले दिइरहेको व्याजदर अनुसार गाडीको मूल्यको ५० प्रतिशत रकम कर्जा सुविधा पाउन सकिन्छ । गाडीको मूल्यको ५० प्रतिशतले हुन आउने रकम २१ लाख ७३ हजार रुपैयाँ ७ वर्षको लागि कर्जा सुविधा लिँदा मासिक ३२ हजार ७८५ रुपैयाँ तिर्नु पर्ने हुन्छ ।
सबै भेरियन्ट र मूल्य-डिजेल इन्जिन भएको इ भेरियन्टभन्दा माथि इ लोडेड रहेको छ । यसको मूल्य ४५ लाख ५६ हजार रुपैयाँ रहेको छ । पेट्रोल इन्जिन भएको इ भेरियन्टको मूल्य ४७ लाख ५६ हजार, इ लोडेडको ४७ लाख ९६ हजार र एस भेरियन्टको ५३ लाख ९६ हजार रुपैयाँ रहेको छ ।
कम्पनीले डिजेल इन्जिन भएको एस भेरियन्टको मूल्य ५६ लाख ९६ हजार रुपैयाँ रहेको छ भने पेट्रोल इन्जिन एसएक्सको मूल्य ६१ लाख ५६ हजार रुपैयाँ रहेको छ ।क्रेटाको सबैभन्दा महंगो भेरियन्ट एसएक्स सिभिटीको मूल्य ६७ लाख ९६ हजार रुपैयाँ रहेको छ भने एसएक्स (अप्सनल) सिभीटीको मूल्य ७४ लाख ९६ हजार रुपैयाँ रहेको छ ।
नयाँ क्रेटाको बडी निकै बलियो र सुरक्षीत रहेको छ । यसमा प्रयोग भएको हाइस्ट्रेन्थ स्टीलले दुई वटा अफ्रिकन हात्तीको तौल थेग्न सक्ने कम्पनीले दाबी गरेको छ ।यसको अलावा गाडीमा लेक्ट्रोनिक स्टेविलिटी कन्ट्रोल, भेहिकल स्टेविलिटी म्यानेजमेन्ट सिस्टम, सबै चक्कामा डिस्क ब्रेक, हिल स्टार्ट एसिस्ट कन्ट्रोल, गाइडलाइनको साथ रियर पार्किङ क्यामेरा र ६ वटासम्म एयरव्याग दिइएको छ ।
Leave a Reply