चीनकाे वुहान प्रान्तमा पहिलो पटक सन् २०१९ को डिसेम्बरको अन्तिम ताका एउटा अज्ञात रोग देखियो जसले आज पूरा दुनियालाई नैं आफ्नो कब्जामा पारेको छ । जसको चपेटामा आज संसारको कु्नै पनि देश अछुत्तो छैन । आज पुरा मानव समुदाय त्राहि त्राहि अवस्थाबाट आक्रन्त छन् । छिमेकी देशमा कोरानाले चरम चुली लिइरहेको बेलामा नेपाल सरकार भने पर्ख र हेरको अवस्थामा रह्याे । जसको परिमाण आज पुरा नेपाल नै आक्रान्त बनेकाे छ। सायौंको संङख्यामा कोभिड–१९ बाट मर्नेको सङख्या बढेको छ तर सरकारले भने हामी उपचार गर्न सक्दैनैं हाम्रो स्वास्थ्य संरचनाले भ्याउने अवस्थामा छैन भनेर आफ्नो लाचारीपन प्रदर्शन गरिरहेको छ ।
यहि गतिमा सङक्रमण दर थपिदै गयो भने भएको स्वास्थ्य पूर्वाधारले काम गर्न नसक्ने प्रस्ट देखिन्छ । वर्तमान आवश्यकता आम जन मानसको जीवन रक्षा भएता पनि सत्ताका चुईगम चपाउन पल्केका केही स्यालहरुलाई न त देशको वर्तमान परिस्थितिको झनक छ न त आम सर्वसाधारण जनमानसको दुःख अनि पीडाहरुले उनीहरुलाई कुनै असर गरेकाे नै छ। हाम्रो गाउँ घरमा एउटा प्रचलित भनाई छ नि “कच्चा वैदको मात्रा यमपुरीको यात्रा” यदि यहि रफ्तारमा कोभिड–१९ को सङक्रमण दर बढ्दै जाने अनि सरकारले पनि आफ्नो दायित्वबाट हात झिक्ने हो भने अब आउँने दिनमा नेपाल इटली र भारत नबन्ला भन सकिदैन । हिजो जसरी आमजनतालाई सपना देखाइयो ती सबै आजको वर्तमान राजनीतिक उदन्डले प्रस्ट आफ्नो काचुली फेरर देखाई दिएको छ ।
अस्पतालमा वेड, भेन्टिलेटर र अक्सिजनको अभावले उपचार बिना नै बिरामी मर्न थालिसके तर पनि सरकार भने कोरोना फैलिनुमा सर्वसाधारणको ठूलो दोष देखाएर आफ्नो हात झिक्न खाजिरहेको छ । मानौं, सरकारको कुरा पनि एक हिसाबमा ठिकै होला ? तर सरकारले जनतालाई दोष भिडाएर आफ्नो कर्तव्यबाट बिमुख हुन खोज्नु कहाँ सम्मको सही हो ? छिमेकी देशमा कोरोनाले ताण्डब नृत्य देखाई रहदा टुलुटुलु हरेर बस्ने अनि ढोकामा आएको खतरालाई नजर अन्दाज गर्ने ? जब दिनदिनैं सङक्रमणको दरले आफ्नो आकार परिवर्तन गर्दै लाग्यो तब हामीले केही गर्न सक्दैनौं भनेर आफ्नो कर्तव्यबाट भाग्न खोज्ने । यदि भारतमा कोरोनाले उग्ररूप धारण गरिरहेको बेला खुल्ला सिमा नाकाहरुमा कडिकडाउ गरेको भए , आज केही हद सम्म भए पनि वर्तमान परिवेशलाई अलि पर धकाल्न सकिन्थ्याे कि ?
सरकारलाई जनमानसको पीडामा कुनै मतलब नै छैन । आफैंले २५ जना भन्दा बढि भेला हुन नपाउने भनेर निर्णय गर्ने अनि त्यही निर्णयको विपक्षमा गएर अनेक सभा सम्मेलन गर्ने । सरकारले हामी आमजनमानसको लागि केही गर्न नसक्ने भनेर घुमाउरो तरिकाले आफनो कर्तव्यबाट हात झिकिसक्यो । यो विषम परिस्थितिमा म आफ्नो सुरक्षा र सावाधानी म आफूले गर्नु पर्छ भने सङ्कल्प गरौं । कृपया सबै जना आफू जहाँ छौं त्यहाँ नै सुरक्षा सावधानी अपनाएर बस्न आग्रह गर्दछु । वर्तमान आवश्यकता राजनीती हो वा आमजन मानसको आधारभूत आवश्यकता स्वस्थ्य याे कुरामा हाम्रा नेताहरुको ध्यान जानु जरुरी छ नत्र नेपाल पनि लाशहरुको मसानघाट नपाउने ठाउँ बन्न सक्ने कुरामा कुनै सङ्कोच छैन । दिनदिनै बढेको कोरोनाको सङक्रमण र मृत्युदरले हामी पनि कतै बिस्तारै इटली र भारत हुने आवस्थामा पुग्ने त हैनौं ? त्यसलै यो विषम परिस्थितिमा राजनीतिक किचालो तर्फ लाग्ने होईन अक्सिजन र भेन्टिलेटरको जोहो तर्फ लागाैं । हाम्रो लागि सरकारले केही गर्ने छैन भनेर आफ्नो लागि आफू नै सर्तक हौं ।
Leave a Reply