एमालेको समस्या उस्तै, नेपाल समूहसँगको सहमतिबाट पछि हटे प्रधानमन्त्री

एमालेको समस्या उस्तै नेपाल समूहसँगको सहमतिबाट पछि हटे प्रधानमन्त्री : नेकपा एमाले नेतृ तथा सांसद रामकुमारी झाँक्रीले पार्टी भित्रको परिस्थितिमा कुनै बदलाव नआएको खुलासा गरेकी छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको अपीलकै कारण कार्यदलको बैठक समेत अवरुद्ध बनेको बताइएको बेला झाँक्रीले यस्तो बताएकी हुन् ।

उनले उपनिर्वाचनमा कसलाई भोट हाल्ने भन्ने विषय आफूहरुको निम्ति गौण भएको बताउँदै पार्टी भित्र कुनै बदलाव नआएको बताएकी हुन्। अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले आचारसंहिता उल्लंघन गर्दै जारी गरेको अपिलतर्फ संकेत गर्दै झाँक्रीले भनेकी छन् हामी अहिले राजनीतिक स्पेसका लागि संघर्षरत छौँ
सामाजिक सञ्जालमार्फत झाँक्रीले लेखेकी छन् “संसद सदस्यबाट नै राजीनामा गर्न तयार हामीहरूलाई राष्ट्रिय सभामा कसलाई भोट हाल्ने ? यो मामुली प्रश्न हुनसक्थ्यो तर हामी अहिले राजनीतिक स्पेसका लागि संघर्षरत छौँ । पार्टीभित्रको परिस्थितिमा कुनै बदलाव आएको छैन ।”

प्रधानमन्त्री ओलीले यसअघि समेत पार्टी एकताको सम्बन्धमा पटक पटक गरेका गतिविधिले अहिले भएको छलफलसमेत आशंकाको घेरामा परेको बताउने गरिएको छ । कार्यदललाई ओलीले निर्देशन गर्न खोजेपछि विघटनको संघरमा पुगेको बताइन्छ ।

उपनिर्वाचनमा नेपाल समूहले साथ नदिएपछि ओली रूष्ट भएका छन् । जसपाको साथ पनि नपाउने भएपछि नेपाल समूहको साथको पनि अर्थ नरहने भन्दै ओली नेपाल समूहसँगको सहमतिबाट पछि हटेको चर्चा छ ।

by:nawakantipur