संसारका कैयौँ देशमा जलीय जीवहरूको वर्षा देखिएका छन् । यस्ता घटनाले मान्छे लाई भयभीत तुल्याउँछन् भने वैज्ञानिक हरूलाई नयाँ तरिकाले सोच्न विवश पार्छन् ।अमेरिका जापान भारत आदि देशमा बेला–बेला माछाको वर्षा भएको थियो । केही ठाउँमा त गोहीको समेत वर्षा भएको थियो।यस विषय लाई लिएर स्थानीय मानिसहरूमा भ्रम र भय रहेको छ ।
केही समयअघि थाइल्यान्ड र सन् २०१५ को जुन महिनामा भारतको विजयवाडामा माछा र भ्यागुताको वर्षा देखिएको थियो । भयभीत मानिसहरूले यसलाई ईश्वरको सजाय भने । केहीले त यसलाई प्रलयको संकेत पनि माने ।थाइल्यान्डमा यस्तो वर्षा वर्षमा सय पटकभन्दा बढी हुने बताइन्छ । कति पटक त गोही पनि यस्तो वर्षामा आकाशबाट जमिनमा झरेको देखिएको छ ।
यो कुनै चमत्कार प्रलयको संकेत या विज्ञानले हल गर्न नसके को विषय भने होइन वैज्ञानिकहरूले यसमाथि विस्तृत अध्ययन गरेका छन् । यस्तो वर्षा सामुद्रिक आँधीका कारण हुने गर्छ ।
जब आँधी समुद्र हुँदै गुज्रिन्छ त्यो पानीको भीषण तुफानमा बदलिन्छ । यस क्रममा चल्ने हावाले आफूसँग माछा भ्यागुता कछुवा र कहिलेकाहीँ त गोहीसम्म लिएर जाने गर्छ ।
यी जीव आँधीसँग उडिरहेका हुन्छन् तिनीहरू तबसम्म आकाश मा रहन्छबसम्म हावाको गति कम हुँदैन । हावाको गति कम भएपछि आँधी जहाँ पुगेको छ त्यस क्षेत्रमा यी जीव वर्षाको पानीसँग खस्न थाल्छन् वैज्ञानिक बिल इभान्सले जल प्राणीको यस्तो वर्षा माथि किताब लेखेका छन् ।
Leave a Reply