“राष्ट्र रक्षकको इच्छा”
यो राष्ट्रको रक्षक को छ हेर
बस्दोछ हाँसेर खडा भएर।
न भोक तिर्खा न त घाम पानी
सुदूर स्वप्ना शिरका सिरानी।।१।।
भिनै छ भाषा मनमा खुलेको
भिन्नै छ आशा मनमा डुलेको।
भिन्नै छ डाली तनमा फुलेको
तथापि हाँसो दिलमा खुलेको।।२।।
आकाश चिर्नेछु भनेर जाओस्
समुद्र तर्नेछु भनेर जाओस्।
म सत्य कोर्नेछु भनेर जाओस्
असत्य तोड्नेछु भनेर जाओस् ।।३।।
विशाल छाती सँगमा फिँजाइ
भनोस् लु वैरी सकियो रजाइँ।
लुट्ने लुटिस् लौ अब पाइँदैन
सामन्तको शासन चाहिँदैन ।।४।।
गर्दैछ च्याँ च्याँ बबुरो चरी हे
भर्दैछ भाँडो चतुरो चरी हे।
उठा तँ हे एक सुरम्य वाणी
सुसभ्यताको मधुरो कहानी।।५।।
-रवि सुवेदी
Leave a Reply