प्रधानमन्त्रीलाई पत्र

कविता

शीर्षक ः–प्रधानमन्त्रीलाई पत्र
के.एस.जि गाउँले विराही(घायल)

प्रधानमन्त्री ज्यू
म स्नातक पढ्नको लागि
शहर आफ्नो धान फल्ने खेत
जेठा साँहु काँहा धरौटी राखेर
आएको हुँ
तिम्रो शहरले मलाई हरेक समय
आफ्नो औकात देखाएर लखेटि रहेको हुन्छ
कारण यहाँ शहरमा मान्छेले होइन
मुर्दाहरुले बास गरेका छन
तिम्रो शहरमा प्रधानमन्त्री ज्यू
मान्छेलाई बाहिर राखेर
मन्दिर भित्र निर्जीव ढुङगाहरुमा आफ्नो
संवेदना देखाउनेहरुको जमता ठूलो छ
भोकले तडपि रहेका
अबोध नानीहरुले आफ्नो तैलभन्दा
बढे मानको बोरा बोकि
रहंदा तिम्रा परिवर्तनका कुराले
आफ्ना औकात भुलेर
लाज सँग बिबस भएर
आफ्नो आगाडि आफूलाई खुल्ला रुपमा
नचाहि रहेको देख्छु
मेरा सपनाहरुले आज मेरै
आगाडि मलाई खुट्टा टेक्न
बिबस गराएका छन्
शहरका हरेक गल्लीहरुमा म संवेदनाहरु
खाक्रो मुटु लिएर रोई रहेका देख्छु
किनकि शहरमा मान्छे
बनावाटी दुँनियामा रमेका देख्छु
सायद मेरो गाँउले
मलाई सिकाएको मानवताका कुराले
शहरको भिडहरुमा
आत्महत्या गरेको देख्दा मलाई
मेरो हजुरआमाले सिकाएका नैतिकताका
कुराहरुले मलाई हरेक पटक
चिमटेको हुन्छ
शहर मेरो गाँउ जस्तो छैन किनकि
यहाँ हरेक मान्छे
आ–आफ्नो दैडमा लागि रहेका छन्
मैंले किनेको सटिर्फिटले
आज मलाई खान सम्म नदिएको
बखत मलाई
शहर सँग खुब रिस उठेको छ
सायद शहरमा मान्छे भवना होईन संवेदनामा
बाँच्ेको देख्छु
मैंले स्नातक पढन लिएको ऋणले आज
मेरो पूरा मस्तिष्कले हल्लाएको छ
प्रधामन्त्री ज्यू म अब आफ्नो
भविष्यको चिन्ता गरौ या
स्नातक पढदा लिएको ऋण
प्रधामन्त्री ज्यू
म यो देशमा मेरो
भविष्य हराएको युवा


Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *