।। गजल।।
मित्रले हैन शत्रुले बरू यसरी सम्झियाे ।
बिर्सन कै लागि पनि घरी घरी सम्झियाे ।।१
दुख्न चैं मन दुख्छ यी नयन रसाउँछन् ।
पक्कै नयनले मनलाई दाैतरी सम्झियाे ।।२
उसले सकुन्जेल कहिल्यै वास्ता गरेन ।
जब दुःख पायाे भगवान् हरी सम्झियाे ।।३
अामाका अश्रु अविरल बगेकाे देख्दा ।
बच्चाले नयनलाई नै पाेखरी सम्झियाे ।।४
अचेल बाडुल्कीले पनि अाैधि सताउँछ ।
सायद कसैले मलाई मनभरी सम्झियाे ।।५
Leave a Reply