जेष्ठ ६। निवर्तमान गृहमन्त्री एवं नेकपा एमालेका उम्मेदवार रामबहादुर थापा बादललाई हराउँदै राष्ट्रियसभा सदस्यमा डा। खिमलाल देवकोटा विजयी भएका छन् । उनले ५०८८ मतभार पाए ।
राष्ट्रियसभाको उपचुनावमा रामबहादुर थापा बादललाई हराउँदै डा। खिमलाल देवकोटा विजयी भएका छन् । एमालेको आधिकारिक उम्मेद्वार बादललाई हराउँदै एमालेकै माधव नेपाल पक्ष, कांग्रेस र माओवादीको समर्थन प्राप्त डा। देवकोटाले चुनाव जित हासिल गरेका हुन् ।
देवकोटाले कुल ५०८८ मतभारसहित विजय हासिल गरेका हुन् ।बादलले ४०१४ मतभार पाए भने नेमकिपाका कृष्ण तामाङले १३२ मतभार प्राप्त गरे बादल आज नै सर्वोच्च अदालतको आदेशबाट मन्त्री पदबाट मुक्त भएका थिए । आजै उनले चुनावमा समेत पराजय भोग्नु परेको छ ।
देवकोटालाई नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र नेकपा एमालेको माधवकुमार नेपाल समूहको समर्थन थियो ।
Leave a Reply