नेपालमा देखिएको नयाँ भेरिन्टले कुन समुहलाइ बढि जोखिममा ।

काठमान्डौ : नेपालमा कोभिड–१९ सङ्क्रमणको नयाँ परिवर्तित रुप पत्ता लागेको छ ।स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले देशका विभिन्न भागबाट कोभिड –१९ सङ्क्रमितका नमूना परीक्षण गर्दा नयाँ भेरियन्ट पत्ता लागेको मन्त्रालयले जानकारी दिएको छ।

नयाँ भेरियन्टसंँगै नेपालमा तीन किसिमका भेरियन्ट फेला परेका छन् । उनका अनुसार मन्त्रालयले सङ्क्रमित ३५ जनाको नमूनाको विश्व स्वास्थ्य सङ्गठनका सहयोगमा भारतमा अणुवांशिक {जिन स्क्विन्सिङ}जाँच गर्दा ९७ प्रतिशतमा नयाँ भेरियन्ट पत्ता लगाएको हो ।

उमेर समुह हेर्ने हो भने २० देखि ४४ वर्ष समुहमा उच्च दरमा संक्रमण छ । बढी छ । संक्रमणको मुख्य हिस्सा यो उमेर समुहमा छ । यसले उमेर समूहको हिसाबले बलिया मानिएका उमेर समुहमा पनि बढी नै असर गर्छ ।

तीन प्रतिशतमा भने दोस्रो लहरको संक्रमण देखिएको छ । चौँतीस नमूना परीक्षणमा नयाँ भेरियन्ट देखिएको र एक जनामा मात्र पुराना भेरियन्ट देखिएको छ ।

नयाँ भेरियन्टलाई डब्लुएचओले सन् २०२१ मे १० मा भेरियन्ट अफ कन्सर्न भनी घोषणा गरिसकेको छ ।

इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निर्देशक डा कृष्ण पौडेलले भारतमा देखिएको भेरियन्ट नै अहिले यहाँ देखिएको नयाँ भेरियन्ट भएको जानकारी दिए उनका अनुसार नयाँ भेरियन्ट धेरै मानिसमा सर्ने र जोखिमपूर्ण छ ।


Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *