यमनमा के गर्दै छन डा.गोबिन्द केसी : चिकित्सा शिक्षा सुधार अभियन्ता वरिष्ठ चिकित्सक गोविन्द केसी हिजोआज मध्यपूर्वको मुलुक यमनमा छन्। नेपालमा कोरोना संक्रमणको दोस्रो लहर चलिरहँदा केसी यमनको दुर्गम ठाउँमा स्वास्थ्य सेवा दिइरहेका छन्। यमन अरेबियन मुलुकहरूको सबैभन्दा गरिब देश हो। त्यहाँ वर्षौंदेखि गृहयुद्ध छ।
विगत डेढ महिनादेखि यमनका विकट ठाउँमा रहेर अर्थोपेडिक सेवामा रहेको डाक्टर केसीले बताएका छन्। आफूले दुई वर्षदेखि यमन जाने योजना बनाइरहेको उनले उल्लेख गरेका छन् यहाँ इतिहासको सबैभन्दा नराम्रो संकट देखा परेको छ यहाँको दुर्गम भेगमा म स्वेच्छिक रूपमा अर्थोपेडिक सेवा दिइरहेको छ केसीले आफ्ना सहयोगी डा। जीवन क्षत्रीलाई इमेलमा लेखेका छन्।
नेपालमा कोभिड संक्रमणको दोस्रो लहरले महामारीको रूप लिएको थाहा पाउँदा आफू निकै दुखी भएको केसीले इमेलमा लेखेका छन्। यो सुनेपछि म नेपाल फर्किन्छु, जे गर्न सक्छु नेपालमै गर्छु भन्ने लागेको थियो केसीले भनेका छन । दुर्भाग्यवशनेपाल आउने उडान बन्द रहेछ।
केसीले आफू छिमेकी मुलुक ओमानबाट सीमापार हुँदै यमन प्रवेश गरेको बताएका छन्। उनले आफू एक हप्ताभित्र अर्को यु,द्धग्रस्त ठाउँमा जाने योजना रहेको बताएका छन्।आफू यमनमा भए पनि आफ्नो मन नेपालमै रहेको उनले बताएका छन्। उनले प्रधानमन्त्री केपी शर्मा ओली र उनको सरकारका धेरै नेता अत्यन्त भ्रष्ट निर्लज्ज र अनैतिक भएको बताएका छन्।
‘आफूलाई मतदान गर्ने व्यक्तिबारे उनीहरूलाई वास्ता छैन। तिनीहरू देश र जनतालाई लुट्नका लागि कुर्सी, माफिया, डन र का,लोब,जारीको ख्याल राख्छन्,’ केसीले भनेका छन्। केसीले नेपाली जनता उनीहरूको साहस, कर्तञव्यपना, दया, विश्वास, लचिलोपन र आञत्मसञम्मानका लागि परिचित रहेको बताएका छन्।
‘यो गुणले हामीलाई बाँच्न र राष्ट्रको इतिहासमा धेरै संकटको समयमा फस्टाउन मद्दत गरेको छ केसीले भनेका छन्।केसीले आफू, आफ्नो भाइ, सहकर्मीहरूले कोभिड संक्रमण जितेको र त्यसको प्रमुख कारण हिम्मत, आत्मविश्वास, आशा, दया र कर्तव्य रहेको बताएका छन्। उनले साहस, आत्मविश्वास र आशाले चिकित्सा हेरचाहसँग प्रभाव पार्ने र गम्भीर रोगबाट निको भइने बताएका छन्।
‘नेपालका स्वास्थ्यकर्मीहरूले बिरामीहरूलाई सकेसम्म राम्रो सहयोग पुर्याइरहेका छन्। उनीहरू यस्तो प्रतिकूल परिस्थितिमा सकेजति राम्रो गर्दछन्, बिरामी र जनताले पहिलो चरणको कोरोना हराउन सहयोग गरे। जनताले दोस्रो चरणको संक्रमणलाई पनि हराउन सहयोग गर्नेछन । केसीले भनेका छन्।
केसीले कोरोनाबाट बच्न सावधानी अपनाउनु पर्ने बताएका छन्। मास्क प्रयोग गर्नुहोस्, बारम्बार हात धुनुहोस् र सामाजिक दूरी कायम गर्नुहोस्। यो देशभक्त कदम हो र यस संकटबाट बाहिर निस्कनको लागि सबैभन्दा महत्वपूर्ण पनि हो। हामी जित्नेछौं, उनले भनेका छन्।
Leave a Reply