प्रधानमन्त्री ओलीलाई कारबाही माग गर्दै निर्वाचन आयोगमा उजुरी

जेष्ठ ६ :प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसले निर्वाचन आचारसंहिता उल्लंघन गरेकोमा प्रधानमन्त्री केपी शर्मा ओली र शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठलाई कारबाहीका लागि निर्वाचन आयोगमा उजुरी दर्ता गराएको छ ।
काँग्रेस संसदीय दल कार्यसमितिको बुधबारको बैठकको निर्णय अनुसार विहीबार विहान निर्वाचन आयोगमा काँग्रेसले उजुरी दर्ता गराएको हो ।
काँग्रेस संसदीय कार्यसमिति बैठकले निर्वाचन आचारसंहिता विपरित वक्तव्य दिने प्रधानमन्त्री ओली र मन्त्री श्रेष्ठलाई निर्वाचन आयोगले कारबाही गर्नुपर्ने ठहर पनि गरेको थियो ।

प्रधानमन्त्री ओलीले बुधबार निर्वाचन आचारसंहिताविपरीत मौन अवधिमा राष्ट्रिय सभा उपनिर्वाचनका एमाले उम्मेदवार रामबहादुर थापा बादलका लागि मत मागेका थिए ।यस्तै शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठले पनि निर्वाचन आचारसंहिता विपरीत बुधबार साँझ राष्ट्रिय सभा उपनिर्वाचनमा एमाले उम्मेदवार थापाको पक्षमा अपिल जारी गरेका थिए ।


Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *