काठमाण्डौं :बालबालिका र कोभिडबारे संचेतना
१) बालबालिका र परिवारमा कोभिड १९ भएमा
क) कोभिड १९ संक्रमणभए पनि आत्मबल उच्च, उचित स्वास्थ्य सेवा र पारिवारिक तथा समुदायको माया र हौसलाले निको हुन सकिन्छ । त्यसैले क्वारेन्टाइन र आइसोलेशन बसेका बालबालिका सहित सबैमा हौसला र आवश्यक सेवा प्रवन्ध गरौं ।
ख) कोभिड १९ को जोखिममा रहेका र संक्रमणभएका बालबालिकाका लागि छुट्टै क्वारेन्टाइन कक्ष र आइसोलेशन कक्ष प्रवन्ध गरौं । बालबालिकालाई परिवार र आइसोलेशन ब्यवस्थापनले नियमित सुरक्षित भेट गरौं र हौसला दिऔं ।
२) बालसंरक्षित वातावरण बनाऔं
क) संम्भव भएसम्म साना बालबालिकालाइ धरमा नै क्वारेन्टाइनको प्रवन्ध गरौं गराऔं ।
ख) बालबालिकालाई क्वारेन्टाइनमा राख्दा बालमैत्री संरचना र सेवाको प्रवन्ध जस्तै ः कक्ष भित्र खेल्न सकिने खेल सामाग्री, रमाइलो अध्ययन सामाग्री, सुरक्षित पिउने पानी, बालिकाहरुलाई स्यानेटरी प्याड र आवश्यक सामाग्री, परिवार संगको नियमित सुरक्षित सम्पर्क, आवश्यक चिकित्सकीय र स्वास्थ्य सेवाको प्रवन्ध गरौं ।
ग) अपागंता भएका बालबालिकालाई क्वारेन्टाइनमा राख्दा उहाँहरुको अपांगता अनुसार सहजै प्रयोग गर्न सक्ने कक्ष, आधारभूत सेवा र सुविधा जस्तै ः खाना, पानी, अत्यावश्यक औषधी, मनोरञ्जन, सुरक्षित पारिवारिक भेटको सहज रुपमा प्राप्त गर्ने प्रबन्ध गरौं ।
घ) सुरक्षित साथ क्वारेन्टाइनमा रहेका बालबालिकालाई बालबालिकालाई बालमनो विमर्शकर्ता संग संवाद गराऔं । कुनै गुनासो भए क्वारेन्टाइन ब्यवस्थापन, स्थानीय बालसंरक्षण समिति, नेपाल प्रहरीे र हेल्पलाइन हरु नेपाल प्रहरीको १००, बालहेल्पलाइनको १०९८, बालबाललिका खोज तलास केन्द्रको १०४ लगाएतका संरक्षण संयन्त्रका बारेमा जानकारी दिऔं ।
३) विषेश संरक्षण आवश्यकता भएका बालबालिका
क) बालगृह, बालश्रमबाट फर्केका, अनाथ, बाबुआमाबाट अलगिएका, बेवारिसे, गंभीर रुपमा सबैखाले अपांगता भइ पारिबारिक हेरचाह नभएका, विपन्न दलित समुदायका बालबालिका र विषेश संरक्षण आवश्यकता भएका बालबालिकाको स्थानीय तह र वडा कार्यालयले तथ्याङ्क लिऔं, अवस्था विश्लेषण गरौं।
र ती बालबालिकाको लागि परिवार र आफ्नो समाजमा बस्न सक्ने गरी आर्थिक तथा सामाजिक सहयोग सहित आवश्यक सेवाको प्रवन्धका लागि तीनै तहका सरकारबाट लगानी गरौं ।
४) बालबालिकाको कुरा सुनौं
क) क्वारेन्टाइन, आइसोलेशन, बालहित र नियमित बालसंरक्षणका कार्यहरु गर्दा सुरक्षित तरिकाले बालबालिकासंग संवाद गरौं र कुरा सुनौं । बालकार्यक्रमका बारेमा टोल र वडा बाल मञ्च÷क्लव, अभिभावक र संचार माध्ययमबाट जानकारी गराऔं ।
५) विद्यालय र सिकाई
क) क्वारेन्टाइन बनाउदाँ सकेसम्म विद्यालय बाहेकका सार्वजनिक स्थल र भवनहरु प्रयोग गरौं । यदि विद्यालय प्रयोग भएमा कक्षा संचालन पूर्व कम्तिमा पन्ध्र दिन अगाडि सुरक्षा मापदण्ड अनुसार निर्मलीकरण गरौं । बालबालिका तथा अभिभावकलाई सुरक्षा मापदण्ड अनुसार विद्यालय निर्मलीकरण भएको जानकारी दिएर मात्र विद्यालय संचालन गरौं ।
ख) विद्यालय संचालन नभएको बेला पनि शिक्षकले बालबलिकालाई सुरक्षित मापदण्ड अपनाएर क्लस्टरमा आधारित सिकाई कार्य स्थानीय तहले प्रवन्ध गरौं गराऔं ।
ग) कोभिड केस एक्टिभ नभएको स्थानीय तहमा आवश्यक सुरक्षा मापदण्ड अपनाई जस्तै ः सावुन पानीको प्रवन्ध, सबै बालबालिकलाई माक्स, स्यानेटाइजरको प्रवन्ध आदि कार्यगरि कक्षा संचालन गरौं ।
घ) शिक्षकलाई तथा विद्यालयका कर्मचारीलाइ प्राथमिकताका साथ कोभिड विरुद्धको खोप दिऔं । विद्यालय संचालन गर्नुपर्दा आवश्यक सुरक्षित वातावरण जस्तैः मनोसामाजिक विषयका केही कक्षा संचालन, सावुन पानीको प्रवन्ध, सबै बालबालिकलाई माक्स (कोभिड केस रहेसम्म), स्यानेटाइजर प्रवन्ध गरौं ।
ङ) बालबालिकालाई सबैभन्दा पहिला आफ्नो जीवन सुरक्षा हो, आफ्नो परिवारको सुरक्षा, आफू बस्ने गाउँको सुरक्षा, मुलुकको सुरक्षा र विश्वको सुरक्षा त्यसैले अध्ययन नियमितरुपमा हुन नसकेको हो भन्ने जानकारी दिऔं । जीवन रहे आफ्नो शिक्षा सहित सबैथोक गर्न सन्किन्छ । यो समय खेर गएको होइन । घरका किताबहरु वा छिमेकी संग सुरक्षित तरिकाले मागि अध्ययन गर्नुहोस् । आफ्नो आमा बुबा, हजुरआमा हजुरबुबासँग यति समय बिताउन पाउनु भएको छ र वहाँहरुको जीवन आफ्नै अनुभव, ज्ञानको भण्डार हुनुहुन्छ वहाँहरुसँग सोध्ने, वहाँहरुले बुझेको ज्ञानको बारेमा, वहाँहरुले भोगेको अनुभवहरुका बारेमा, वहाँहरुले पढेको कुराहरु अहिलेकोे भन्दा फरक छ त्यहाँ नैतिक र संस्कारका शिक्षाहरु हुन्छन् तिनीहरुको बारेमा सोध्नुस् र तपाँईहरुले क्लास र स्कुलमा पढ्न नपाउने कुराहरु विद्यालय संचालन नहुदाँ सिक्न पाउनु हुन्छ यो अवधिभर त्यसकारण यसलाई खेर गएको समय नभन्ने र नभनौं ।
६) बालबालिकाको मनोसामाजिक स्वास्थ्य
क) बालबालिकाको चरित्र चंचले, जिज्ञासु, उत्सुक, नक्कल गर्ने, अनुषन्धानकर्ता र जिद्दी स्वभाव हुनेहुदाँ चलाएमान हुन्छन् यस्ता गतिविधिले सिकाई बढाउदछ । गतिविधि संकुचनहुदा मनमा तनाव हुन्छ । यसर्थ बालबालिकाका लागि रमाइलो र सुरक्षित कृयाकलापमा सहयोग गरौं ।
ख) मानसिक स्वास्थ्यको हेल्पलाइन सेवामा टोल फ्री नम्बर टोल फ्री नम्बर 16600110666/9851310998 (समय बिहान आठ देखि साझ पाॅच बजे सम्म ) वा Toll Free No. : 1660 01 85080 सम्पर्क गरौं ।

बालबालिका र कोभिडबारे संचेतना
—
by
Leave a Reply