नेपाल खनाल समूहले अन्तिम समयमा धोका दियो माओवादी केन्द्र

नेकपा माओवादी केन्द्रले जनता समाजवादी पार्टी र नेकपा एमालेको नेपाल(खनाल समूहका कारण बहुमतको सरकार गठन प्रक्रिया बढाउन नसकिएको जनाएको छ बिहीबार पार्टी कार्यालय पेरिसडाँडामा बसेको स्थायी समिति बैठकले नेपाली कांग्रेस र जनता समाजवादी पार्टीसँग मिलेर सरकार गठन प्रक्रिया अघि बढाउने कुरा भए पनि अन्तिम समय सम्म जसपाले निर्णय गर्न नसकेको ठहर गरेको हो।

आफ्नै दलका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत नदिएको नेपाल खनाल पक्षले पनि अन्तिम समयमा आएर धोका दिएको निष्कर्ष माओवादी केन्द्रले निकालेको छ। बैठकपछि संचारकर्मीलाई प्रतिक्रिया दिँदै प्रवक्ता नारायणकाजी श्रेष्ठले आफूहरु कांग्रेस, जसपा र एमालेको नेपाल खनाल पक्षको निर्णय पर्खेर बसेको बताए।

राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ को उपधारा २ बमोजिम बहुमतको सरकार निर्माणका लागि दिएको समय आजै राति ९ बजे सकिँदै छ।


Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *