सुदूरपश्चिम प्रदेशमा माओवादीलाई ठुलो धक्का,अव एमालेको सरकार पक्का

धनगढी, बैशाख ३१ । नेकपा माओवादी केन्द्रले नेतृत्व गरेको सुदूरपश्चिम प्रदेशमा अब नेकपा एमालेको नेतृत्वमा सरकार बन्ने सम्भावना प्रवल भएको छ । एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव कुमार नेपालबीचको सहमतिले सुदूरपश्चिममा एमालेको नेतृत्वमा सरकार गठनको बाटो खुलेको हो ।

५२ जना सदस्य रहेको प्रदेशसभामा एमालेका मात्रै २५ जना सांसद छन् । माओवादी केन्द्रका १३, नेपाली कांग्रेसका १२ र जनता समाजवादी पार्टी ९जसपा०का २ जना सांसद छन् । जनता समाजवादी पार्टीका दुवै जना सांसद पूर्व राजपा अर्थात् महन्थ ठाकुर र राजेन्द्र महतो पक्षका भएका कारण प्रदेशमा एमालेको सरकार बन्ने पक्का भएको हो ।

एमाले र माओवादीको गठबन्धन पछि भागबन्डाको आधारमा सुदूरपश्चिम प्रदेशमा माओवादीले सरकारको नेतृत्व गरेको थियो । तर अहिले एमाले एक भएपछि वर्तमान सरकारको विकल्प आवश्यक रहेको एमाले नेताहरूले बताएका छन ।


Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *