बूढानीलकण्ठ नगरपालिकामा दास्रो चरणको खोप जेठ २ बाट सुरु हुने

बैशाख ३१: कहा कहा लगाइदै छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको मिति २०७८/०१/२२ गतेको निर्णय अनुुसार दोश्रो चरणको कोभिड १९ विरुद्धको खोप(चाइनिज भेरोसेल दोश्रो मात्रा) अभियान जनस्वास्थ्यका मापदण्ड पूर्ण पालना हुने गरी १८ देखि ५९ वर्ष उमेर समूूहका व्यक्तिहरुलाई जेष्ठ २ गते देखि भेरोसेल खोपको दोश्रो मात्रा लगाउन बूढानीलकण्ठ नगरपालिकाले आफ्नो नगरपालिकामा २ वटा केन्द्र तोकेको छ । वडा नं.१ देखि ७ सम्मका बासिन्दाका लागि श्री गणेश मा.वि (गणेश चोक वडा नं.२) तथा वडा नं.८ देखि १३ सम्मका बासिन्दाका लागि श्री बालउद्धार मा.वि (कपन बेख वडा नं.१०) खोप केन्द्र तोकिएको नगर प्रवक्ता नवराज भट्टराईले जानकारी दिनु भयो । उक्त खोप कार्यक्रम जेष्ठ २ गते देखि १५ गते सम्म सुचारु रहने छ ।