फोक्सोलाई स्वास्थ्य राख्न र अक्सिजनको स्तर बढाउन खानुहोस यस्तो खानेकुरा

काठमाडौँ। शरीर स्वस्थ रहन फोक्सोले राम्रोसँग कार्य गर्न आवश्यक छ। फोक्सोले फिल्टर गरेपछि मात्र अक्सिजन शरीरको प्रत्येक भागमा पुग्छ। यस्तो अवस्थामा फोक्सोको विशेष ख्याल राख्नु धेरै महत्त्वपूर्ण छ। यदि फोक्सोले राम्ररी काम कार्य गरेन भने दम, ब्रोन्काइटिस, निमोनिया, क्षयरोग, क्यान्सर जस्ता घातक रोगहरूको सामना गर्नुपर्ने हुन सक्छ।

अर्कोतर्फ, कोरोनाभाइरस महामारीबाट बच्नको लागि फोक्सोलाई स्वस्थ राख्न स्वास्थ्य विशेषज्ञहरूले सल्लाह दिन्छन्। किनभने, कोरोनाभाइरस सिधै फोक्सोमा प्रहार गर्दछ, फलस्वरूप अक्सिजनको स्तर कम हुन्छ र सास फेर्न गाह्रो हुन्छ।

कोरोनाभाइरसको दोस्रो लहर चलेपछि अधिकांश बिरामीहरुलाई सास फेर्न गाह्रो भइरहेको छ। शरीरमा अक्सिजनको स्तर द्रूूत रूपमा कम भइरहेको छ। संक्रमण भएको केहि दिनमै अक्सिजनको स्तर ८० भन्दा कम भएको उदाहरणहरु सार्वजिक भइरहेको छ। यस्तो अवस्थामा अक्सिजन तुरून्त आवश्यक हुन्छ। यदि यस अवधिमा समयमै अक्सिजन उपलब्ध भएन भने अवस्था गम्भीर हुनसक्छ। यस्तो अवस्थामा पहिले देखिनै फोक्सोको ख्याल गर्नु महत्त्वपूर्ण हुन्छ ।

मह – आयुर्वेदमा महको थुप्रै वर्णन गरिएको पाइन्छ। यसमा एन्टि–ब्याक्टेरियल गुणहरू हुन्छन, जसले शरीरबाट विषाक्त तत्वहरु निकाल्न मद्दत गर्दछ र फोक्सोलाई पनि स्वस्थ राख्न महत्वपूर्ण भूमिका खेल्दछ। महलाई बिहान मनतातो पानीमा कागतीको रस मिलाई पिउन सकिन्छ। यस बाहेक, महलाई काडा पानीमा पनि मिलाउन सकिन्छ।

तुलसी – तुलसी पातमा अधिक मात्रामा पोटासियम, आइरन, क्लोरोफिल मैग्नीशियम, क्यारोटीन र भिटामिन सी पाइन्छ। जसले फोक्सोलाई स्वस्थ राख्न मद्दत गर्दछ। दैनिकरुपमा ४ देखि ५ वटा तुलसीको पात चपाउँदा निकै प्रभावकारी हुन्छ। यस बाहेक, तुलसी र गुर्जोको काडा पानी पनि बनाउन सकिन्छ।

बेसार – बेसारमा एन्टी–अक्सिडेण्ट र एन्टी–इन्फ्लेमेटरी गुणहरू हुन्छ जसले सबै प्रकारका संक्रमणहरूबाट बचाउँछ । दैनिक सुत्नु अघि दुधमा बेसार मिलाएर पिउँदा निकै लाभदायक हुन्छ। यसैगरी, बेसार, गुर्जो, दालचिनी, ल्वाङ, अदुवा र तुलसीको पात मिलाएर काडापानी बनाउन सकिन्छ। यसले फोक्सोलाई स्वस्थ राख्नुका साथै रोग प्रतिरोधात्मक क्षमता पनि मजबूत गर्दछ।

लसुन – लसुनमा एन्टिबायोटिक, एन्टिफङ्गल, एन्टिवाइरल गुणहरूको साथसाथ क्याल्सियम, फास्फोरस, आइरन, भिटामिन जस्ता गुणकारी तत्वहरूले समृद्ध हुन्छ। जसले फोक्सोलाई बलियो राख्न मद्दत गर्दछ। प्रत्येक बिहान खाली पेटमा २ देखि ३ वटा पोटी खाएमा ग्यास्ट्रिकलाई पनि ठिक गर्दछ। यदि लसुन त्यतिकै खाँदा पिरो हुन्छ भने यसलाई राति पानिमा भिजाएर र बिहान सेवन गर्न सकिन्छ।

नेभारा – नेभारामा धेरै चमत्कारिक तत्वहरू पाइन्छन्। यसमा भिटामिन ए, भिटामिन–सी, भिटामिन–के, पोटासियम, म्याग्नेशियम, कपर र आइरन जस्ता आवश्यक पोषक तत्वहरू पाइन्छन्। यसको सेवन गर्दा फोक्सो बलियो हुनुको साथै मुटुको स्वस्थलाई पनि राम्रो गर्छ।