काठमाडौं ।प्रधानमन्त्री केपी शर्मा ओलीले शपथग्रहणको क्रममा पदअनुकूलको आचारण नदेखाएको डा.बाबुराम भट्टराईले आरोप लगाएका छन्। नेता भट्टराईले सामाजिक सञ्जालमार्फत ओली ‘छिद्रान्वेषी’ बनेको भन्दै आलोचना गरेका हुन्। शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीले शपथ खुवाइरहँदा ओलीले शपथपत्रमा उल्लेख भएको केही शब्द उच्चारण गर्न अस्वीकार गरेका थिए।
राष्ट्रपति भण्डारीले ओलीलाई शपथ खुवाउँदै “…..सत्य निष्ठापूर्वक प्रतिज्ञा गर्दछु……”भन्ने वाक्य पढिरहँदा ओलीले ‘त्यो पर्दैन…..’ भन्दै ‘प्रतिज्ञा गर्दछु’ भन्ने शव्द दोहोर्याउन अस्वीकार गरेका थिए।
‘यतिबेला छिद्रान्वेषी बन्नु उपयुक्त हैन। तर पूर्व प्रमको नाताले भन्नैपर्छ प्रधानमन्त्री केपी ओलीले शपथग्रहणको क्रममा गरेको आचरण गरिमामय पद अनुकुल भएन,’ भट्टराईले ट्वीटरमा लेखेका छन्, ‘पहिलो, ‘प्रतिज्ञा गर्छु’ भन्ने पदावली शपथग्रहणको मुख्य अंश हो, ‘त्यो पर्दैन’भन्न मिल्दैन! दोश्रो, राष्ट्राध्यक्षलाई त्यसरी अवज्ञा गर्न मिल्दैन!’
Leave a Reply