भोजपुरी फिल्म ‘प्रेमगीत २’मा शिल्पा पोखरेल,ट्रेलर सार्वजनिक

काठमान्डौ : अभिनेत्री शिल्पा पोखरेलको अभिनय रहेको भोजपुरी फिल्म ‘प्रेमगीत २’को ट्रेलर सार्वजनिक भएको छ । निर्माण युनिटले हालै सार्वजनिक गरेको ट्रेलरमा शिल्पा भोजपुरी स्टार प्रदीप पाण्डेको जोडी बनेकी छन् ।

फिल्मको छायाँकन पोखरा आसपासमा गरिएको हो । फिल्मको निर्देशन सोनु खत्रीले गरेका हुन् । फिल्ममा प्रदीप र शिल्पाका अलावा अमित शुक्ला, रम्भा सहानी, रोहित सिंह, सिपी भट्ट, रन्जितकुमार शर्मा, रोहित थापालगायतको पनि अभिनय रहेको छ ।

फिल्ममा हरि घले लामाको छायाँकन, बन्दे प्रसादको सम्पादन, श्री श्रेष्ठको द्वन्द्व, ओम झाको संगीत, कविराज गहतराज, शिव विक, रिकी गुप्ता, विवेक थापाको कोरियोग्राफी रहेको फिल्ममा एवी मोहनको कथा रहेको छ ।