जयतु संस्कृतम्ले जयतु संस्कृतम् आन्दोलनको हीरक जयन्ती वर्षका अवसरमा राष्ट्रव्यापी अनलाइन संस्कृत वक्तृत्वकला तथा श्लोकवाचन प्रतियोगिता आयोजना गर्न लागेको हो । क्रमशः ५०००,३००० र २००० राशी पुुरस्कारको उक्त प्रतियोगितामा सहभागी हुुन जयतुु संस्कृतम्ले सहभागिताका लागि आमन्त्रण गरेको छ । उक्त कार्यक्रममा १२ कक्षा सम्मका एउटा विद्यालयका १ जना छात्र र १जना छात्रा गरी २ जनाले भाग लिन पाउने छन् । वक्तृत्वकला र श्लोकवाचनको भिडियो ज्येष्ठ २६ गतेसम्म पठाउनुु पर्ने छ । वक्तृता कार्यक्रम ज्येष्ठ ३० ,श्लोकवाचन ज्येष्ठ ३१ दिनको १बजे हुुनेछ भने पुुरस्कार वितरण आषाढ १ गते हुुनेछ । थप जानकारीका लागि सूचना हेर्न सक्नु हुनेछ ।

Leave a Reply