बैशाख ३१। जनता समाजवादी पार्टी (जसपा) महन्थ ठाकुर पक्षले राजेन्द्र महतोलाई संसदीय दलको नेता चयन गरेको छ । बिहिबार भक्तपुरमा बसेको बैठकले महतोलाई दलको नेता चयन गरेको एक जसपा नेताले जानकारी दिए ।
बिहिबार पार्टी अध्यक्ष महन्थ ठाकुर र नेता महतो आफू पक्षीय नेतालाई लिएर भक्तपुरको सूर्यविनायकस्थित एक रिर्साटमा पुगेका थिए । बहुमत सदस्यको आधारमा महतोलाई संसदीय दलको नेता चयन गरेको ती नेताले बताए ।
संसदीय दलको नेता चयनसम्बन्धी बैठकमा उपेन्द्र यादव पक्ष भने सहभागी थिएनन् ।
Leave a Reply