प्रधानमन्त्रीद्धारा नवनियुक्त मन्त्रिपरिषद् गठन, यी हुन् नयाँ मन्त्रीहरु [नामवलीसहित]

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ । शुक्रबार शीतल निवासमा आयोजित समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले उहाँलाई पद तथा गोपनीयताको शपथ गराउनु भएको हो ।

यो सँगै प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद् पनि गठन गर्नुभएको छ । शुक्रबार पद तथा गोपनियताको सपथ लिएलगतै उहाँले २१ मन्त्री र तीन राज्यमन्त्री नियुक्त गर्नुभएको हो ।

एमाले अध्यक्ष समेत रहनु भएका ओलीले यसअघि मन्त्रिपरिषद्मा रहेका सबैलाई मन्त्री बनाउनु भएको हो । नवनियुक्त मन्त्रीहरुले राष्ट्रपति र राज्यमन्त्रीहरुले प्रधानमन्त्री समक्ष सपथ लिनुभयो ।

नवनियुक्त मन्त्रीहरु…..

  1. उपपप्रधानमन्त्रीमा ,ईश्वर पोखरेल
  2. गृहमन्त्री ,रामबहादुर थापा
  3. परराष्ट्रमन्त्री ,प्रदीपकुमार ज्ञवाली
  4. उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री ,लेखराज भट्ट
  5. ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री ,टोपबहादुर रायमाझी
  6. अर्थमन्त्री ,विष्णु पौडेल
  7. स्वास्थ्य तथा जनसंख्यामन्त्री ,हृदयेश त्रिपाठी
  8. सहरी विकासमन्त्री ,प्रभु शाह, संस्कृति
  9. पर्यटन तथा नागरिक उड्डयनमन्त्री ,भानुभक्त ढकाल
  10. संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री, गणेशसिंह ठगुन्ना
  11. कृषि तथा पशुपंक्षी विकासमन्त्री ,पद्मा अर्याल
  12. खानेपानीमन्त्री ,मणि थापा
  13. भौतिक योजना तथा पूर्वाधारमन्त्री, वसन्त नेम्वाङ
  14. शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री ,कृष्णगोपाल श्रेष्ठ
  15. सञ्चार तथा सूचना प्रविधिमन्त्री, पार्वत गुरुङ
  16. युवा तथा खेलकुदमन्त्री ,दावा तामाङ
  17. कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ,लीलानाथ श्रेष्ठ
  18. भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री ,शिवमाया तुम्बाहाङ्फे
  19. श्रम, रोजगार तथा सामाजिक विकासमन्त्री,गौरीशंकर चौधरी
  20. वन तथा वातावरणमन्त्री, प्रेम आले
  21. महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री,जुलिकुमारी महतो

नवनियुक्त राज्यमन्त्रीहरु….

  1. सहरी विकास, रामवीर मानन्धर
  2. स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, नवराज राउत
  3. उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, विमला विक