छोटो भिडियो बनाउने तथा सेयर गर्ने लोकपि्रय एप टिकटक लगातार दोश्रो महिना पनि विश्वमा सबैभन्दा धेरै डाउनलोड हुने एप बन्न सफल भएको छ ।
तथ्यांक अनुसार सबैभन्दा धेरै टिकटक इन्स्टल हुने देशको रुपमा चीन रहेको छ । मार्च महिनाको तथ्यांक अनुसार चीनको हिस्सा ११ प्रतिशत छ भने दोश्रो नम्बरमा १० प्रतिशतसहित अमेरिका छ । भारतमा भने टिकटक प्रतिबन्धित रहेको छ ।
फेसबुक मातहतकै अन्य एपहरु इन्स्टाग्राम, ह्वाट्सएप र मेसेन्जर क्रमशः तेश्रो, चौथो र पाँचौ स्थानमा रहेका छन् ।
एप एनालिटिक्स कम्पनी सेन्सर टावरको पछिल्लो तथ्यांकअनुसार बितेको मार्च महिनामा एप्पलको एप स्टोर र गुगल प्ले स्टोरबाट गरी टिकटक ५ करोड ८० लाख पटक डाउनलोड भई नन गेमिङ एपतर्फ सर्वाधिक डाउनलोड हुने एपको पहिलो नम्बरमा रहेको छ ।
मार्च महिनामा सर्वाधिक डाउनलोड हुने टपटेनमा रहेका अन्य एपहरुमा स्न्यापच्याट, जोश, जूम, टेलिग्राम र क्यापकट रहेका छन् ।
सर्वाधिक डाउनलोड हने नन गेमिङ एपको दोश्रो नम्बरमा फेसबुक रहेको छ । मार्च महिनामा फेसबुक एप विश्वमा ५ करोड ६० लाख पटक डाउनलोड भएको छ ।

Leave a Reply