काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता शुरू भएको छ। व्यवसायी क्याप्टेन रामेश्वर थापाको चपलीस्थित घरमा दुई नेताबीच भेटवार्ता सुरु भएको हो।
माधव नेपाल बालुवाटार जान नमानेपछि नेताद्वयबीच वार्ताको लागि छुट्टै स्थान तय गरिएको हो । बिहीबार अध्यक्ष ओलीले नेपाललाई फोन गरेर भेटका लागि प्रस्ताव गरेका थिए तर नेता नेपालले भने बालुवाटारमा नआउने बताएपछि थापाको घरमा भेटवार्ता भएको हो।
पछिल्लो समय नेपाल पक्षका सांसदले सांसद पदबाट राजीनामा दिने तयारी गरेका बेला ओली र नेपालबीच भेटवार्ता तय भएको हो । बिहीबार विहान अध्यक्ष ओलीले नेपाललाई फोन गरेर भेटका लागि प्रस्ताव गरेका थिए ।
बिहीबार बसेको एमाले स्थायी कमिटी बैठकले नेता नेपाल, भीम रावल, घनश्याम भुसाल र सुरेन्द्र पाण्डेलाई गरिएको निलम्बनको कारवाही फिर्ता लिने निर्णय गरेको छ। वरिष्ठ नेता नेपालले २०७५ जेठ २ को अवस्थामा पार्टीलाई फर्काउनु पर्ने अडान राख्दै आएका छन्। आफूहरूको अडानमा ओली सहमत नभएमा नेपाल पक्षीय सांसदले आजै राजीनामा दिने बताएका छन्।
Leave a Reply